मलेसियामा २०२५ यता १ लाख ५९ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, ६,०९९ रोजगारदातामाथि कारबाही
मलेसियामा गत वर्षदेखि यो वर्षको अगस्टसम्म अध्यागमन विभागले ५३,३१८ अप्रेसन चलाएर १,५९,२३२ अवैध विदेशीलाई पक्राउ गरेको गृह मन्त्रालयले संसद्मा जानकारी दिएको छ। सोही अवधिमा ६,०९९ रोजगारदातामाथि पनि कारबाही भयो।







