मलेसियामा नेपालीलगायत सबै विदेशी कामदारलाई पनि सरकारले तोकेको न्यूनतम तलब लागू हुन्छ। पहिले यो RM 1,500 थियो, अहिले RM 1,700 पुगेको छ। कुनै पनि कम्पनीले यसभन्दा कम बेसिक तलब दिन पाउँदैन।
न्यूनतम तलब
| तलबको किसिम | न्यूनतम रकम |
|---|---|
| मासिक तलब | RM 1,700 |
| दैनिक तलब (हप्तामा ६ दिन काम) | RM 65.38 |
| दैनिक तलब (हप्तामा ५ दिन काम) | RM 78.46 |
भत्ता, बोनस र ओभरटाइम न्यूनतम तलबमा गनिँदैनन्। बेसिक तलब नै कम्तीमा RM 1,700 हुनुपर्छ।
मेरो तलब नियमअनुसार छ कि छैन?
ध्यान दिनुहोस्: घरेलु कामदार (घरमा काम गर्ने) लाई न्यूनतम ज्याला आदेश लागू हुँदैन। कम्पनीले बस्ने ठाउँ दिँदा कानुनले तोकेको सीमाभित्र मात्र तलबबाट कट्टी गर्न पाउँछ। मलेसियाले न्यूनतम तलब बेलाबेला परिवर्तन गर्छ। नयाँ तलब लागू भएमा यो पेज अपडेट गरिनेछ।
विदेश जानुअघि यी कुरा जाँच्नुहोस्
- नेपालमा देखाइएको करार र मलेसियामा पाउने करारमा तलब एउटै हुनुपर्छ।
- तलब हरेक महिना बैंक खातामा आउनुपर्छ, र तलबको विवरण (पे स्लिप) पाउनुपर्छ।
- कम्पनीले पासपोर्ट राख्न पाउँदैन।
- कम तलब दिइएमा श्रम विभाग (JTKSM) को 03-8000 8000 मा वा “Working for Workers” पोर्टलमा उजुरी गर्नुहोस्। राजदूतावासको इमेल eonkualalumpur@mofa.gov.np हो।
यो पनि हेर्नुहोस्: ओभरटाइम र सेवा समाप्ति सुविधा क्याल्कुलेटर · मलेसियाका महत्त्वपूर्ण नम्बरहरू
स्रोत: Human Resources Online · QuickHR · अनलाइनखबर. तलब परिवर्तन भएको थाहा पाउनुभयो भने news@khadinews.com मा जानकारी दिनुहोस्।