ध्यान दिनुहोस्: यो कानुनले तोकेको न्यूनतम रकमको अनुमान हो। करारमा यसभन्दा बढी लेखिएको छ भने करारअनुसार पाइन्छ। घरेलु कामदार (हाउसमेड, घरको ड्राइभर) का लागि छुट्टै कानुन (कानुन नं. १५/२०१७) लागू हुन्छ। विवाद भएमा श्रम मन्त्रालय (16008) वा नेपाली राजदूतावासमा सम्पर्क गर्नुहोस्।
नियम छोटकरीमा
- सामान्य कामको समय: दिनको ८ घण्टा, हप्तामा ४८ घण्टा। रमजानमा दिनको ६ घण्टा (धारा ७३)।
- ओभरटाइम (धारा ७४): बेसिक घण्टा तलब + कम्तीमा २५%। राति ९ देखि बिहान ६ सम्म + कम्तीमा ५०% (सिफ्टमा काम गर्नेलाई लागू हुँदैन)।
- शुक्रबार काम (धारा ७५): अर्को दिन सट्टा बिदा दिनुपर्छ, र त्यो दिनको कामका लागि बेसिक तलबमा कम्तीमा १५०% को दरले पैसा दिनुपर्छ।
- घण्टा दर: बेसिक ÷ ३० ÷ ८।
- ग्र्याच्युटी (धारा ५४): कम्तीमा १ वर्ष काम गरेपछि पाइन्छ। हरेक वर्षको कम्तीमा ३ हप्ता (२१ दिन) को बेसिक तलब। नपुगेको वर्षको पनि दामासाहीले पाइन्छ। राजीनामा दिए पनि घट्दैन।
यो पनि हेर्नुहोस्: कतारका महत्त्वपूर्ण नम्बरहरू · कतारमा न्यूनतम तलब
स्रोत: कतार श्रम कानुन नं. १४/२००४ (ILO NATLEX). त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।