2026-11-12, बिहीबार
ताजा
मलेसिया: एजेन्टले कामदारको तलब र राहदानी राख्नु ‘आधुनिक दासता’, बागानमा कामदार स्वीकृति सहज बनाउन विचार: प्रधानमन्त्री अनवरमलेसिया: सुङ्गाई पेटानीको निर्माणस्थलमा अध्यागमनको छापा, ३० कागजातविहीन विदेशी पक्राउकुवेत: ट्रकको तौल सीमा र रुटमा कडाइ गर्ने तयारी, गम्भीर उल्लंघन गर्ने चालकलाई देश निकालासम्म हुनसक्नेकुवेत: Sahel एपमा अब देश छिर्दा र बाहिरिँदा सूचना आउने, प्रवासीले पनि यात्रा विवरण हेर्न सक्नेसाउदीमा एक साताभित्र आवास, श्रम र सीमा नियम उल्लंघनमा ११,५८७ जना पक्राउ: इकामा र काम वैध राख्न के गर्ने?साउदी: सिक लिभ डाक्टरको जाँचपछि मात्र, नक्कली मेडिकल बिदामा एक वर्षसम्म कैद र SR१ लाखसम्म जरिवानाकतार: बच्चालाई दिइने ‘Babies’ Magic Tea’ ग्राइप वाटरमा लेबलमा नलेखिएको अल्कोहल, प्रयोग नगर्न जनस्वास्थ्य मन्त्रालयको चेतावनीकतारमा तीन महिनामा ५७ खाद्य प्रतिष्ठान बन्द, ६,०८८ उल्लंघन: रेस्टुरेन्ट र खाद्य पसलका कामदारले के ध्यान दिने?

कुवेत ओभरटाइम र सेवा अन्त्य सुविधा क्याल्कुलेटर

कुवेतको निजी क्षेत्र श्रम कानुन (कानुन नं. ६/२०१०) का धारा ५१, ५३, ६६, ६७ र ६८ अनुसार · अन्तिम पटक जाँचिएको: २५ सेप्टेम्बर २०२६

ध्यान दिनुहोस्: यो मासिक तलब पाउने कामदारका लागि बनाइएको अनुमानित हिसाब हो। दैनिक वा घण्टाको हिसाबले तलब पाउनेका लागि नियम फरक छ: पहिलो ५ वर्ष हरेक वर्षको १० दिन, त्यसपछि १५ दिन, र बढीमा एक वर्षको तलब। कुवेतमा दैनिक तलब प्रायः मासिक तलब ÷ २६ बाट निकालिन्छ, तर कतिपय कम्पनीले ÷ ३० पनि प्रयोग गर्छन्। घरेलु कामदारका लागि छुट्टै कानुन (कानुन नं. ६८/२०१५) लागू हुन्छ। विवाद भएमा PAM वा नेपाली राजदूतावास (हटलाइन 6100 8956) मा सम्पर्क गर्नुहोस्।

नियम छोटकरीमा

  • सामान्य कामको समय (धारा ६४): दिनको ८ घण्टा, हप्तामा ४८ घण्टा। रमजानमा हप्तामा ३६ घण्टा।
  • ओभरटाइम (धारा ६६): तलबमा कम्तीमा २५% थप। दिनमा २ घण्टाभन्दा बढी ओभरटाइम लगाउन पाइँदैन।
  • शुक्रबार काम (धारा ६७): तलबमा ५०% थप र अर्को दिन सट्टा बिदा।
  • सार्वजनिक बिदाको दिन काम (धारा ६८): दोब्बर तलब र अर्को दिन सट्टा बिदा।
  • सेवा अन्त्य सुविधा (धारा ५१): पहिलो ५ वर्ष हरेक वर्षको १५ दिनको तलब, त्यसपछि हरेक वर्षको एक महिनाको तलब। कुल रकम डेढ वर्ष (१८ महिना) को तलबभन्दा बढी हुँदैन। नियमित भत्ता पनि तलबमा गनिन्छ (धारा ५५)।
  • राजीनामा दिएमा (धारा ५३): ३ वर्षभन्दा कम भए पाइँदैन। ३–५ वर्ष भए आधा, ५–१० वर्ष भए दुई तिहाइ, र १० वर्षभन्दा बढी भए पूरै पाइन्छ।

यो पनि हेर्नुहोस्: कुवेतका महत्त्वपूर्ण नम्बरहरू · कुवेतमा न्यूनतम तलब

स्रोत: कुवेत श्रम कानुन नं. ६/२०१० (PAM) · HR Chronicle. त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।