2026-11-10, मङ्गलबार
ताजा
मलेसिया: सेपाङमा चट्याङ लागेर तीन जनाको मृत्यु, आँधी-वर्षामा खुला ठाउँमा नबस्न सतर्कतामलेसिया: पहाङको रोम्पिन र जेरान्टुटमा नोभेम्बर ११ देखि १४ सम्म बाढीको खतरा, होचा बस्तीमा सतर्कताजापान: रेस्टुरेन्ट क्षेत्रको SSW भिसा सीमा ५० हजारभन्दा बढाउने सम्भावना कम, मन्त्री ओनोदाको संकेतकुवेत प्रहरीको चेतावनी: नक्कली बुकिङ साइट, सस्तो गाडी र अनलाइन किनबेचमा ठगी बढ्दो, हटलाइन ९७२८३९३९कुवेत: गाडी र लाइसेन्सका १८ ट्राफिक सेवा अब प्रतिनिधिमार्फत, आफैँ कार्यालय जानु नपर्नेकतारमा यो साताको अन्त्यतिर तापक्रम उल्लेख्य घट्ने: राति र बिहानीपख चिसो, उत्तर-पश्चिमी हावा बलियोसाउदी: नयाँ आएका घरेलु कामदारको मेडिकल जाँच अब सेहती एपबाट अनलाइन बुक हुनेयुएईमा १३ प्रकारका वर्क परमिटमा कागजपत्र झन्झट घट्यो: कामदार भर्ना, ट्रान्सफर र पार्ट-टाइम पनि सूचीमा

मलेसिया ओभरटाइम र सेवा समाप्ति सुविधा क्याल्कुलेटर

मलेसियाको रोजगार ऐन १९५५ (धारा ६०, ६०ए, ६०डी, ६०आई) र सेवा समाप्ति नियमावली १९८० अनुसार · अन्तिम पटक जाँचिएको: २५ सेप्टेम्बर २०२६

ध्यान दिनुहोस्: मलेसियामा खाडी देशहरूजस्तो हरेक पटक काम छाड्दा पाइने ग्र्याच्युटी हुँदैन। सेवा समाप्ति सुविधा कम्पनीले काम छुटाएमा मात्र पाइन्छ। राजीनामा दिएमा, गल्तीका कारण निकालिएमा, वा उस्तै सुविधासहित करार नवीकरण भएमा पाइँदैन। करार सकिएर घर फर्किँदा पाइन्छ कि पाइँदैन भन्ने कुरा करार र अवस्थाअनुसार फरक पर्न सक्छ, त्यसैले श्रम विभाग (03-8000 8000) मा सोध्नुहोस्। सबा र सारावाकमा छुट्टै श्रम कानुन लागू हुन्छ।

नियम छोटकरीमा

  • सामान्य कामको समय: दिनको ८ घण्टा, हप्तामा ४५ घण्टा।
  • ओभरटाइम: सामान्य दिनमा घण्टा दरको १.५ गुणा। महिनामा बढीमा १०४ घण्टा।
  • आरामको दिन: सामान्य घण्टाको आधाभन्दा बढी काम गरेमा १ दिनको तलब थप, आधासम्म मात्र गरेमा आधा दिनको तलब। सामान्य घण्टाभन्दा बढी काम गरेमा घण्टा दरको २ गुणा।
  • सार्वजनिक बिदा: काम गरेमा २ दिनको तलब थप। सामान्य घण्टाभन्दा बढी काम गरेमा घण्टा दरको ३ गुणा।
  • दैनिक र घण्टा दर: मासिक तलब ÷ २६ = दैनिक तलब। दैनिक तलब ÷ दैनिक घण्टा = घण्टा दर।
  • सेवा समाप्ति सुविधा: कम्तीमा १२ महिना काम गरेको हुनुपर्छ। कुल सेवा २ वर्षभन्दा कम भए हरेक वर्षको १० दिन, २–५ वर्ष भए १५ दिन, र ५ वर्षभन्दा बढी भए २० दिनको तलब पाइन्छ। नपुगेको वर्षको पनि दामासाहीले पाइन्छ।

यो पनि हेर्नुहोस्: मलेसियाका महत्त्वपूर्ण नम्बरहरू · मलेसियामा न्यूनतम तलब

स्रोत: सेवा समाप्ति नियमावली १९८० (JTKSM) · AJobThing – ओभरटाइम. त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।