कतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारी
कतार मौसम विभागका अनुसार शनिबार (नोभेम्बर २१) समुद्री क्षेत्रमा तेज हावा र अग्लो छालको चेतावनी जारी रहन्छ। छाल कहिलेकाहीँ ८ फिटसम्म अग्लो हुनसक्छ।
कतारमा काम गर्ने नेपालीका लागि ताजा समाचार, रोजगारी, भिसा, श्रम कानुन र दूतावासका सूचना।
116 समाचार
कतार मौसम विभागका अनुसार शनिबार (नोभेम्बर २१) समुद्री क्षेत्रमा तेज हावा र अग्लो छालको चेतावनी जारी रहन्छ। छाल कहिलेकाहीँ ८ फिटसम्म अग्लो हुनसक्छ।
कतारको नयाँ ट्राफिक कानुनअनुसार लिखित अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ, तस्बिर वा विज्ञापन राख्न पाइँदैन। उल्लङ्घन गरे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना हुनसक्छ।
कतारको नयाँ ट्राफिक कानुनअनुसार तत्काल खतरा हुँदा मात्र हर्न बजाउन पाइन्छ। एयर हर्न वा म्युजिकल हर्न जडान र अनावश्यक चर्को बत्ती बाल्दा QR५०० तथा आपतकालीन सवारीका साइरन–बत्ती अनुमतिबिना राखे QR१,००० जरिवाना हुन्छ।
कतारको नयाँ ट्राफिक कानुन नं. १९/२०२६ को धारा ७१ अनुसार १३ वर्षमुनिका बालबालिका, अपाङ्गता भएका, बिरामी वा वृद्धलाई ठूला मानिसको निगरानीबिना गाडीमा छोड्न पाइँदैन। उल्लंघन गरे QR१०,००० जरिवाना हुन्छ।
कतारको नयाँ ट्राफिक कानुनअनुसार ई–स्कुटर दर्ता गरी प्लेट लगाएर मात्र चलाउन पाइने र चालक तथा यात्रुले हेल्मेट लगाउनुपर्ने भएको छ।
कतारको नयाँ ट्राफिक कानुन (कानुन नं. १९, २०२६) अनुसार ११ प्रकारका गम्भीर ट्राफिक कसुरमा दोषी ठहर भए अदालतले सवारी साधन जफत गर्ने आदेश दिन सक्नेछ।
कतार मौसम विभागका अनुसार नोभेम्बर १८ देखि हप्ताको अन्त्यसम्म साँझ र बिहानपख हुस्सु तथा कुहिरो लाग्ने र दृश्यता घट्न सक्ने भएकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
कतार केन्द्रीय बैंकले बैंकहरूले व्यक्तिगत ग्राहक र साना व्यवसायबाट लिने शुल्क र कमिसनको अधिकतम सीमा तोक्ने निर्देशिका सार्वजनिक गरेको छ। खाता खोल्ने, नगद झिक्ने, चेकबुक र रकम ट्रान्सफर जस्ता सेवा समेटिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार सेप्टेम्बर मध्यसम्मको छ महिनामा कतारका लागि नयाँ श्रम स्वीकृति ३५.०८ प्रतिशतले घटेर करिब १८ हजारमा झरेको छ। युद्धले कतारको ग्यास उत्पादनमा असर परेको छ।
कतार मौसम विज्ञान विभागका अनुसार आज सोमबार मेसाईद र अबु समरामा न्यूनतम तापक्रम १७ डिग्रीसम्म झर्नेछ। समुद्रमा तेज हावा र ८ फिटसम्म छालको चेतावनी छ।