सीआईबी अनुसन्धान: मलेसिया जाने साढे ७ लाख कामदारबाट मेडिकलमा अनधिकृत शुल्क, १ अर्ब ६९ करोड विदेश पुगेको खुलासा
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ‘बायो मेडिकल सर्भिस चार्ज’ का नाममा ७ लाख ५० हजार ९८८ कामदारबाट उठाइएको रकममध्ये १ अर्ब ६९ करोड रुपैयाँ १७ पटकमा मलेसिया पठाइएको सीआईबीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।






