2026-10-08, बिहीबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनीसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रह
आर्थिक

सामलिङ्ग पावर कम्पनीको IPO दोश्रो दिन : १९ गुणा बढी आवेदन

1 मिनेट

सामलिङ्ग पावर कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री हिजो देखि खुल्ला रहेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको छ।

सिडिएससि बाट प्राप्त जानकारी अनुसार आज दोश्रो दिनको साझ ५:०३ बजे सम्ममा १० लाख ६३ हजार २ सय १६ जना आवेदकले १ करोड २९ लाख ५९ हजार ४० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा १९.०९ गुणा बढी हो। यस अनुसार ६७ हजार ८ सय ९० जना आवेदकले १० कित्ताको दरले पाउने छन्।

कम्पनीको जारी पूंजीको १४.६% अर्थात रु.७ करोड ३० लाख रकम बराबरको रु.१०० अंकित दरका ७ लाख ३० हजार कित्ता शेयर मध्ये २% अर्थात १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

निष्काशन मिति २०७८ कार्तिक ८ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ।

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ