कतारमा नेपाली कामदारको नयाँ भर्ना ३५ प्रतिशतले घट्यो, खाडीभर आधाभन्दा बढी कमी
इरान युद्धयता खाडीमा नेपाली कामदारको नयाँ भर्ना ५२ प्रतिशतले घटेको छ, कतारमा ३५.०८ प्रतिशत। पूर्व राजदूतका अनुसार कम्पनीले पहिले भर्ना, त्यसपछि ओभरटाइम र अस्थायी कामदार कटौती गर्छन्।







