मलेसिया रोजगारीमा FWCMS विवाद: वैदेशिक रोजगार विभागले मलेसियाको मागपत्र पूर्वस्वीकृति रोक्यो, म्यानपावर कम्पनी विभाजित
मलेसियाको केन्द्रीकृत विदेशी कामदार व्यवस्थापन प्रणाली (FWCMS) मा २५ मुख्य र २५० सहायक नेपाली म्यानपावर कम्पनी मात्र सूचीकृत भएपछि विवाद चर्किएको छ। वैदेशिक रोजगार विभागले मलेसियाको मागपत्रको पूर्वस्वीकृति रोकेर छनोट प्रक्रियाबारे छानबिन सुरु गरेको छ।







