नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उहाँ सङ्गै प्रदेश सभाका लागि गुल्मी २ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराउनुभएको छ ।

उम्मेद्वारी दर्ता पछि गोकर्ण विष्टले भन्नुभयो – “गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको छु । सम्पूर्ण दाजुभाई दिदिबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा थप भूमिका निर्वाह गर्नेछु । सहयोग, सद्भाव र मतका लागि सबैमा हार्दिक अनुरोध गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *