2026-11-22, आइतबार
ताजा
वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारीकतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना
🇳🇵 नेपाल

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

2 मिनेट

कात्तिक ३, काठमाडौं | न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।
यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आईपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आईआर डबल बी’ रेटिङ दिएको छ । 

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ