2026-10-07, बुधबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनीसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रह
विविध

हिन्दी फिल्म उचाईको सुटिङ यसरी हुदैछ नेपाल मा

2 मिनेट

कात्तिक १, काठमाडौं |

गत ४  अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरु छायांकन गरिरहेका छन् । 

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर , बोमन इरानी , परिणीति चोपडा लगायतको अभिनय रहेको छ ।  यद्दपी नेपालमा अमिताभ बच्चन आएका छैनन् ।  स्वास्थ्यले साथ् नदिएका कारणले उनी  आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए ।  , पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन् । 

प्राप्त तस्वीरमा अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन् ।

बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भईरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर  अरुण रेग्मी रहेका छन्। हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् । 

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ