हामीहरू मध्ये धेरै हाम्रा धेरै साथिले काम गर्ने देशहरूबाट हामीलाई काम लाग्ने जानकारीहरू ।
कतारः
- जुन १ देखी नेपाल र कतार बिच उडान सुरु हुने भएको छ । कतार बाट नेपाल फर्किनेहरू, दुबै डोज खोप लगाएका र नेगेटिभ रिपोर्ट आएका १० दिन होम क्वारेन्टाईनमा बस्ने सर्त सहित घर जान सक्नेछन्, एक खोप लगाएका र नेगेटिभ रिपोर्ट भएकाहरू होटेलमा बस्नु पर्ने छ ३ दिन पछी टेस्टमा नेगेटिभ आएका घर जान सक्ने छन् भने कुनै पनि खोप नलगाएकाहरू भने १० दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने छ । होटेल क्वारेन्टिनको खर्च आफ्नै हो । नेपाल बाट कतार जानले भने नेगेटिभ रिपोर्ट भएपनि होटेल क्वारेन्टिनमै बस्नु पर्ने हुन्छ ।
कुवेत:
- कोभिड भ्याक्सिनका लागि दैनीक ४ देखी ५ हजार जनालाई भ्याक्सिनेट गर्न सकिने कुवेतकै पहिलो ड्राइभ-थ्रु भ्याक्सिनेशन सेन्टर मेई-३०,२०२१ देखी सन्चालनमा ल्याएको छ । जाबेर ब्रिजमा राखिएको ड्राईभ-थ्रु कोभिड भ्याक्सिनेशन सेन्टरमा २० वटा बुथबाट सेवा दीइने भएको छ ।
मलेसियाः
- जुन १ देखी मलेसियामा अत्यावस्यक बाहेकका सवै सेवा बन्द । कोरोना भाईरस संक्रमण दर बढ्दै गएपछी पूनः मोमेन्ट कन्ट्रोल अर्डर गरीने भएको छ । अब कामदारको लागी पहिले दिईएका पास हरू सबै काम नगर्ने भएका छन् भने अत्यावश्यक कामको लागी फेरी पास लिनु पर्ने छ । बाहिर किनमेलमा जाँदा पनि भिडभाड मा जान पाईदेँन जस्तै एउटा परीवारबाट २ जना मात्र अर्यावस्यक समान किन्न बाहिर जान पाईने भएको छ ।
यूएईः
- दुवाई एयरपोर्टमा ‘नयाँ छिट्टै रिजल्ट आउने PCR Test सुरु भएको छ (रिजल्ट ३,४ घण्टा भित्र आईसक्छ) ।
- आबुधाबीमा सिनोफार्म बुस्टर लगाउन १०० भन्दा बढी सेन्टरहरू संञ्चालनमा आएका छन् । सिनोफार्म बुस्टर लाई हामी खोपको तेश्रो डोज भनेर पनि बुझ्न सक्छौँ ।
- दुबाई एयरपोर्ट २०२१ मे महिनामा संसारकै सबै भन्दा बढी व्यास्थ Airport मा परेको छ ।