2026-10-08, बिहीबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनीसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रह
🇳🇵 नेपाल

भारतबाट फर्किने क्यारेन्टाइन होटेल तोकियो, १० दिनमा कति खर्च लाग्छ ? पुरा पढ्नुहोस

1 मिनेट

काठमाण्डाै – सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होटललाई क्वरेण्टीनका रूपमा तोकेको छ । २३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।

भारतबाट आउनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा होटल तोकेको छ । गोदावरीको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटेल, एअरर्पोटको एअरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई होटेल क्वरेण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ । 

भारतबाट आएका यात्रु १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरेण्टीन बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरेर दैनिक प्रतिवेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । १० दिन क्वरेण्टीनमा नबसेको पाइएमा तत्कालै कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ