2026-10-16, शुक्रबार
ताजा
मलेसियामा कामदारलाई तलबबिना कम्पनी-कम्पनी बेचेको र नक्कली नेपाली पासपोर्ट दिएको आरोपमलेसियाको केडाहमा निर्माणस्थलमा अध्यागमन छापा: ६९७ जनाको जाँच, ६३० विदेशी नियन्त्रणमाकुवेतको हवल्लीमा अवैध पार्किङ गरे गाडीमा ताल्चा: जरिवाना तिरेपछि मात्र खोलिनेकुवेतका चार क्षेत्रमा आज राति ९ बजेदेखि १० घण्टा पानी कम आउन सक्ने, समस्या परे १५२ मा फोन गर्नुहोस्कतारमा कोठा भाडा कहाँ कति? इन्डस्ट्रियल एरियामा स्टुडियो १,२०० रियालदेखि, दोहाको औसत ६,०८०कतारमा वर्षायाम आउनै लाग्यो: अश्घालको आग्रह– छत, झ्याल, नाला र गटर अहिल्यै जाँच्नुहोस्साउदीमा अनलाइन पसल असली हो कि नक्कली? अब तवक्कलना एपबाटै जाँच्न सकिनेसाउदीमा भारी वर्षाको रेड अलर्ट: मक्काको बहरामा बाढीको खतरा, जाजान, असिर र अल-बाहामा असिनासहित मेघगर्जन
🇳🇵 नेपाल

२४ घण्टामा ८६५९ जनालाई कोरोना लाग्यो, ५८ जनाको कोरोनाले ज्यान लग्यो

1 मिनेट

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ ।

पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ