2026-10-08, बिहीबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनीसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रह
🌍 विश्व

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

1 मिनेट

माघ ६, रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् ।  इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् । मतदानको नतिजाअनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । 

संसद सचिवालयका अधिकारीहरुकाअनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।   पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ । 

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए ।  प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो । –सिन्ह्वा

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ