एनवाईयू अबुधाबीमा एआईले बोली संकेत भाषामा अनुवाद गर्ने प्रविधि विकास
संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित न्यूयोर्क विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बोलीलाई संकेत भाषामा अनुवाद गर्ने नयाँ प्रविधि विकास गरिएको छ। यो प्रविधिले बोल्न र सुन्न नसक्ने व्यक्तिहरूलाई सञ्चारमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।