2026-10-07, बुधबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रहसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनी
🇶🇦 कतार

खाडी Weekly अपडेट

2 मिनेट

हामीहरू मध्ये धेरै हाम्रा धेरै साथिले काम गर्ने देशहरूबाट हामीलाई काम लाग्ने जानकारीहरू । 

कतारः

  • जुन १ देखी नेपाल र कतार बिच उडान सुरु हुने भएको छ । कतार बाट नेपाल फर्किनेहरू, दुबै डोज खोप लगाएका र नेगेटिभ रिपोर्ट आएका १० दिन होम क्वारेन्टाईनमा बस्ने सर्त सहित घर जान सक्नेछन्, एक खोप लगाएका र नेगेटिभ रिपोर्ट भएकाहरू होटेलमा बस्नु पर्ने छ ३ दिन पछी टेस्टमा नेगेटिभ आएका घर जान सक्ने छन् भने कुनै पनि खोप नलगाएकाहरू भने १० दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने छ । होटेल क्वारेन्टिनको खर्च आफ्नै हो । नेपाल बाट कतार जानले भने नेगेटिभ रिपोर्ट भएपनि होटेल क्वारेन्टिनमै बस्नु पर्ने हुन्छ ।  

कुवेत:

  • कोभिड भ्याक्सिनका लागि दैनीक ४ देखी ५ हजार जनालाई भ्याक्सिनेट गर्न सकिने कुवेतकै पहिलो ड्राइभ-थ्रु भ्याक्सिनेशन सेन्टर मेई-३०,२०२१ देखी सन्चालनमा ल्याएको छ । जाबेर ब्रिजमा राखिएको ड्राईभ-थ्रु कोभिड भ्याक्सिनेशन सेन्टरमा २० वटा बुथबाट सेवा दीइने भएको छ ।

मलेसियाः

  • जुन १ देखी मलेसियामा अत्यावस्यक बाहेकका सवै सेवा बन्द । कोरोना भाईरस संक्रमण दर बढ्दै गएपछी पूनः मोमेन्ट कन्ट्रोल अर्डर गरीने भएको छ । अब कामदारको लागी पहिले दिईएका पास हरू सबै काम नगर्ने भएका छन् भने अत्यावश्यक कामको लागी फेरी पास लिनु पर्ने छ । बाहिर किनमेलमा जाँदा पनि भिडभाड मा जान पाईदेँन जस्तै एउटा परीवारबाट २ जना मात्र अर्यावस्यक समान किन्न बाहिर जान पाईने भएको छ । 

यूएईः

  • दुवाई एयरपोर्टमा ‘नयाँ छिट्टै रिजल्ट आउने PCR Test सुरु भएको छ (रिजल्ट ३,४ घण्टा भित्र आईसक्छ) ।
  • आबुधाबीमा सिनोफार्म बुस्टर लगाउन १०० भन्दा बढी सेन्टरहरू संञ्चालनमा आएका छन् । सिनोफार्म बुस्टर लाई हामी खोपको तेश्रो डोज भनेर पनि बुझ्न सक्छौँ । 
  • दुबाई  एयरपोर्ट २०२१ मे महिनामा संसारकै सबै भन्दा बढी व्यास्थ Airport मा परेको छ ।
📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ