दोहा, २० नोभेम्बर। कतारको गृह मन्त्रालयले नयाँ ट्राफिक कानुन नं. १९/२०२६ अन्तर्गत गाडीको हर्न र चर्को (आँखा तिर्मिराउने) बत्ती प्रयोगसम्बन्धी नियम स्पष्ट पारेको छ। सही प्रयोगले सडक सुरक्षा बढ्ने र अरू सडक प्रयोगकर्तालाई हुने बाधा कम हुने मन्त्रालयले जनाएको द पेनिन्सुलाले लेखेको छ।
छोटकरीमा: तत्काल खतरा हुँदा मात्र हर्न बजाउनुहोस्। एयर हर्न वा म्युजिकल हर्न जडान गर्न पाइँदैन। नियम मिचे QR५०० देखि QR१,००० सम्म सेटलमेन्ट रकम (जरिवाना) तिर्नुपर्छ।
हर्नसम्बन्धी नियम (धारा ७५)
- चालकले तत्काल खतरा भएको अवस्थामा मात्र हर्न प्रयोग गर्नुपर्छ।
- हर्न नभएको गाडी सडकमा चलाउन पाइँदैन।
- गाडीमा एयर हर्न वा म्युजिकल हर्न जडान गर्न निषेध छ।
- धारा ७५ को उपधारा १, २ र ३ उल्लंघन गरे QR५०० सेटलमेन्ट रकम लाग्छ।
- सेना, दमकल, उद्धार वा एम्बुलेन्सका लागि छुट्याइएका साइरन वा बत्ती लाइसेन्सिङ निकायको लिखित अनुमतिबिना जडान वा प्रयोग गरे QR१,००० लाग्छ (उपधारा ४)।
बत्तीसम्बन्धी नियम (धारा ७६)
मौसमका कारण आवश्यक परेको अवस्थाबाहेक अगाडि वा पछाडि चर्को (आँखा तिर्मिराउने) बत्ती प्रयोग गर्न निषेध छ। उल्लंघन गरे QR५०० लाग्छ।
के गर्ने?
- ट्राफिक जाम वा सिग्नलमा रिस वा हतारमा हर्न नबजाउनुहोस्।
- कम्पनीको गाडी, पिकअप वा बसमा एयर हर्न जडान गरिएको छ भने हटाउन सुपरभाइजरलाई जानकारी दिनुहोस्।
- हुस्सु वा धुलोको मौसमबाहेक हाई बिम र चर्को बत्ती नबाल्नुहोस्।
- आफ्नो गाडीमा कुनै जरिवाना छ कि छैन मेट्राश (Metrash) एपमा जाँच्नुहोस्।
स्रोत: The Peninsula, १९ नोभेम्बर २०२६ – MOI clarifies proper use of horn, dazzling lights under new traffic law
तस्बिर: खाडी न्युज (ग्राफिक)
तपाईंको शहर, कम्पनी वा क्याम्पमा भएको घटना, समस्या वा राम्रो खबर खाडी न्युजमा पठाउन चाहनुहुन्छ? news@khadinews.com मा इमेल गर्नुहोस् वा साइटको “समाचार पठाउनुहोस्” फारम प्रयोग गर्नुहोस्।
विदेशमा काम गर्दा चाहिने जानकारी, सीप र अवसरका लागि Way To Success को wtsone.app हेर्नुहोस्।