जापानमा कानुनअनुसार दिनको ८ घण्टा र हप्ताको ४० घण्टा भन्दा बढी काम गरेमा ओभरटाइम हुन्छ। यो क्याल्कुलेटरले तपाईँको घण्टाको तलब, महिनाको ओभरटाइम, रातिको काम र बिदाको दिनको कामको न्यूनतम रकम निकालिदिन्छ, र तपाईँको तलब आफ्नो प्रिफेक्चरको न्यूनतम तलबभन्दा कम छ कि छैन भनेर पनि जाँचिदिन्छ।
कानुनले तोकेको ओभरटाइम दर
| साधारण ओभरटाइम (महिनाको ६० घण्टासम्म) | +२५% |
| महिनाको ६० घण्टाभन्दा बढी ओभरटाइम | +५०% |
| रातिको काम (राति १० बजेदेखि बिहान ५ बजेसम्म) | +२५% |
| कानुनी साप्ताहिक बिदाको दिन काम | +३५% |
| ओभरटाइम + रातिको काम | +५०% |
| बिदाको दिन + रातिको काम | +६०% |
ओभरटाइम क्याल्कुलेटर
दिनको ८ / हप्ताको ४० घण्टाभन्दा बढी
कानुनी साप्ताहिक बिदाको दिन
साधारण, ओभरटाइम वा बिदा, जुनसुकै भए पनि रातिमा परेका सबै घण्टा
जान्नैपर्ने कुरा
- यो कानुनले तोकेको न्यूनतम रकम हो। कम्पनीले यसभन्दा बढी दिन सक्छ, कम दिन सक्दैन।
- ओभरटाइम गराउन कम्पनी र कामदारबीच “३६ सम्झौता” (36協定) हुनुपर्छ। सामान्यतया महिनाको ४५ घण्टा र वर्षको ३६० घण्टाभन्दा बढी ओभरटाइम गराउन पाइँदैन।
- ओभरटाइमको समय र रकम तलब विवरण (給与明細) मा हेर्नुहोस्। आफ्नो काम सुरु र अन्त्य भएको समय आफैँ पनि टिप्नुहोस्।
- जापानमा खाडीको जस्तो कानुनी ग्र्याच्युटी हुँदैन। सेवा सुविधा (退職金) कम्पनीको नियममा भर पर्छ।
- जापान छोडेर फर्किँदा तिरेको पेन्सन रकमको केही भाग “एकमुष्ट फिर्ता” (脱退一時金) माग्न सकिन्छ। जापान छोडेको २ वर्षभित्र जापान पेन्सन सेवा (日本年金機構) मा निवेदन दिनुपर्छ।
- ओभरटाइम नपाएमा नेपाली भाषामा उजुरी: 0570-001-708 (सोमदेखि शुक्र)। थप नम्बर यहाँ।