ध्यान दिनुहोस्: दूतावास, इमिग्रेसन वा प्रहरीले फोनमा कहिल्यै पैसा माग्दैन। “तपाईँको भिसा रद्द हुँदैछ, पैसा पठाउनुहोस्” भन्ने कल वा मेसेज आयो भने ठगी हुन सक्छ। यस्तो भएमा तलका आधिकारिक नम्बरमा आफैँ सम्पर्क गर्नुहोस्।
१. आपतकालीन नम्बर (२४ घण्टा, निःशुल्क)
२. नेपाली राजदूतावास, टोकियो
३. तलब, ओभरटाइम र कामसम्बन्धी उजुरी (नेपाली भाषामा)
विदेशी कामदार परामर्श लाइन – नेपाली भाषा
श्रम मन्त्रालय (MHLW) · सोमदेखि शुक्र, बिहान १० देखि दिउँसो ३ (१२–१ बाहेक)
टोकियो श्रम ब्युरो – विदेशी कामदार परामर्श कक्ष
नेपाली भाषामा सोमदेखि शुक्र · बिहान ९:३० देखि साँझ ४:३०
४. भिसा र बसोबास (रेसिडेन्स कार्ड)
इमिग्रेसन सूचना केन्द्र
भिसा नवीकरण, स्टाटस परिवर्तन · सोमदेखि शुक्र ८:३० देखि ५:१५ · नेपाली भाषा पनि
विदेशी बासिन्दा सहयोग केन्द्र (FRESC)
बसोबास, काम र दैनिक जीवनबारे सल्लाह · सोमदेखि शुक्र ९ देखि ५
५. कानुनी सल्लाह
हो-तेरास (Houterasu) बहुभाषी सेवा
कानुनी समस्या, ऋण, सम्झौता · सोमदेखि शुक्र ९ देखि ५ · नेपाली भाषा पनि
काम लाग्ने सुझाव
- 110 र 119 मा कुनै पनि फोनबाट निःशुल्क कल गर्न सकिन्छ। एम्बुलेन्स चाहियो भने “क्युक्यु देस” (救急です), आगलागी भए “काजि देस” (火事です) भन्नुहोस्।
- कल गर्दा आफू भएको ठाउँको ठेगाना वा नजिकैको स्टेसन/पसलको नाम भन्नुहोस्।
- रेसिडेन्स कार्ड (在留カード) सधैँ साथमा राख्नुहोस्। प्रहरीले माग्न सक्छ।
- तलब नपाएको, जबरजस्ती ओभरटाइम वा पासपोर्ट खोसेको अवस्थामा माथिको नेपाली भाषाको श्रम परामर्श लाइनमा सम्पर्क गर्नुहोस्।
- लाइन खुल्ने दिन र समय कहिलेकाहीँ परिवर्तन हुन सक्छ। कल लागेन भने आधिकारिक वेबसाइटमा हेर्नुहोस्।