ध्यान दिनुहोस्: मलेसियामा खाडी देशहरूजस्तो हरेक पटक काम छाड्दा पाइने ग्र्याच्युटी हुँदैन। सेवा समाप्ति सुविधा कम्पनीले काम छुटाएमा मात्र पाइन्छ। राजीनामा दिएमा, गल्तीका कारण निकालिएमा, वा उस्तै सुविधासहित करार नवीकरण भएमा पाइँदैन। करार सकिएर घर फर्किँदा पाइन्छ कि पाइँदैन भन्ने कुरा करार र अवस्थाअनुसार फरक पर्न सक्छ, त्यसैले श्रम विभाग (03-8000 8000) मा सोध्नुहोस्। सबा र सारावाकमा छुट्टै श्रम कानुन लागू हुन्छ।
नियम छोटकरीमा
- सामान्य कामको समय: दिनको ८ घण्टा, हप्तामा ४५ घण्टा।
- ओभरटाइम: सामान्य दिनमा घण्टा दरको १.५ गुणा। महिनामा बढीमा १०४ घण्टा।
- आरामको दिन: सामान्य घण्टाको आधाभन्दा बढी काम गरेमा १ दिनको तलब थप, आधासम्म मात्र गरेमा आधा दिनको तलब। सामान्य घण्टाभन्दा बढी काम गरेमा घण्टा दरको २ गुणा।
- सार्वजनिक बिदा: काम गरेमा २ दिनको तलब थप। सामान्य घण्टाभन्दा बढी काम गरेमा घण्टा दरको ३ गुणा।
- दैनिक र घण्टा दर: मासिक तलब ÷ २६ = दैनिक तलब। दैनिक तलब ÷ दैनिक घण्टा = घण्टा दर।
- सेवा समाप्ति सुविधा: कम्तीमा १२ महिना काम गरेको हुनुपर्छ। कुल सेवा २ वर्षभन्दा कम भए हरेक वर्षको १० दिन, २–५ वर्ष भए १५ दिन, र ५ वर्षभन्दा बढी भए २० दिनको तलब पाइन्छ। नपुगेको वर्षको पनि दामासाहीले पाइन्छ।
यो पनि हेर्नुहोस्: मलेसियाका महत्त्वपूर्ण नम्बरहरू · मलेसियामा न्यूनतम तलब
स्रोत: सेवा समाप्ति नियमावली १९८० (JTKSM) · AJobThing – ओभरटाइम. त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।