2026-11-11, बुधबार
ताजा
मलेसिया: पेराक र सेलाङ्गोरमा बाढी, १,३२५ जना राहत केन्द्रमा; कुआला सेलाङ्गोरमा विस्थापित बढेकुवेत: गाडीको कम्प्रिहेन्सिभ बिमामा नयाँ नियम, दुर्घटनापछि बिमा कम्पनीले गाडीको मूल्य घटाएर क्षतिपूर्ति कटौती गर्न नपाइनेकुवेत: लाइसेन्सबाहिरका काममा बस प्रयोग नगर्न गृह मन्त्रालयको चेतावनी, कामदार ओसार्ने कम्पनी र बस दुवैको अनुमति जाँच्न आग्रहयुएईमा आज र भोलि (नोभेम्बर ११–१२) कतै भारी वर्षा, ५५ किमीसम्मको हावाले धूलो उड्ने: शुक्रबारसम्म मौसम अस्थिरयुएईमा जनवरी १ देखि नयाँ ट्राफिक नियमावली: २४ घण्टामा ९ घण्टाभन्दा बढी ड्राइभिङ गर्न नपाइने, डेलिभरी राइडरलाई ब्याकप्याक प्रतिबन्धकतारमा पासपोर्ट वा रेसिडेन्स परमिट हराए वा बिग्रिए तुरुन्त सूचना दिनुपर्छ, नदिए १० हजार रियालसम्म जरिवानाकतार: दोहास्थित नेपाली राजदूतावास भाइटीकाका दिन आज (नोभेम्बर ११, बुधबार) बन्दमलेसिया: सेपाङमा चट्याङ लागेर तीन जनाको मृत्यु, आँधी-वर्षामा खुला ठाउँमा नबस्न सतर्कता

कतार ओभरटाइम र ग्र्याच्युटी क्याल्कुलेटर

कतार श्रम कानुन (कानुन नं. १४/२००४) का धारा ५४, ७४ र ७५ अनुसार · अन्तिम पटक जाँचिएको: २५ सेप्टेम्बर २०२६

ध्यान दिनुहोस्: यो कानुनले तोकेको न्यूनतम रकमको अनुमान हो। करारमा यसभन्दा बढी लेखिएको छ भने करारअनुसार पाइन्छ। घरेलु कामदार (हाउसमेड, घरको ड्राइभर) का लागि छुट्टै कानुन (कानुन नं. १५/२०१७) लागू हुन्छ। विवाद भएमा श्रम मन्त्रालय (16008) वा नेपाली राजदूतावासमा सम्पर्क गर्नुहोस्।

नियम छोटकरीमा

  • सामान्य कामको समय: दिनको ८ घण्टा, हप्तामा ४८ घण्टा। रमजानमा दिनको ६ घण्टा (धारा ७३)।
  • ओभरटाइम (धारा ७४): बेसिक घण्टा तलब + कम्तीमा २५%। राति ९ देखि बिहान ६ सम्म + कम्तीमा ५०% (सिफ्टमा काम गर्नेलाई लागू हुँदैन)।
  • शुक्रबार काम (धारा ७५): अर्को दिन सट्टा बिदा दिनुपर्छ, र त्यो दिनको कामका लागि बेसिक तलबमा कम्तीमा १५०% को दरले पैसा दिनुपर्छ।
  • घण्टा दर: बेसिक ÷ ३० ÷ ८।
  • ग्र्याच्युटी (धारा ५४): कम्तीमा १ वर्ष काम गरेपछि पाइन्छ। हरेक वर्षको कम्तीमा ३ हप्ता (२१ दिन) को बेसिक तलब। नपुगेको वर्षको पनि दामासाहीले पाइन्छ। राजीनामा दिए पनि घट्दैन।

यो पनि हेर्नुहोस्: कतारका महत्त्वपूर्ण नम्बरहरू · कतारमा न्यूनतम तलब

स्रोत: कतार श्रम कानुन नं. १४/२००४ (ILO NATLEX). त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।