2026-09-26, शनिबार
ताजा
मलेसिया साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)कुवेत साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)कतार साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)साउदी अरब साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)यूएई साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)मलेसिया र नेपालका श्रममन्त्रीबीच फोनवार्ता: भर्ना प्रक्रिया पारदर्शी बनाउन र कामदार शोषण रोक्न सहमतिमलेसियामा यो वर्ष ५७ हजारभन्दा बढी कागजपत्रविहीन विदेशी पक्राउ, १,७२० रोजगारदातामाथि पनि कारबाहीकुवेतमा सप्ताहान्तमा तापक्रम ४७ डिग्रीसम्म पुग्ने, खुला ठाउँमा काम गर्ने कामदार सावधान

युएई ओभरटाइम र ग्र्याच्युटी क्याल्कुलेटर

युएई श्रम कानुन (संघीय आदेश–कानुन नं. ३३/२०२१) अनुसार · अन्तिम पटक जाँचिएको: २५ सेप्टेम्बर २०२६

ध्यान दिनुहोस्: यो अनुमानित हिसाब हो। तपाईँको करार, कम्पनीको नियम र बाँकी ऋण/कट्टीले अन्तिम रकम फरक पार्न सक्छ। घरेलु कामदार (हाउसमेड, ड्राइभर आदि), DIFC/ADGM फ्रि जोन र सरकारी कर्मचारीका लागि नियम फरक छन्। विवाद भएमा MOHRE (600 590000) वा नेपाली दूतावासमा सम्पर्क गर्नुहोस्।

नियम छोटकरीमा

  • सामान्य कामको समय: दिनको ८ घण्टा वा हप्ताको ४८ घण्टा। ओभरटाइम दिनको २ घण्टाभन्दा बढी लगाउन मिल्दैन (धारा १७ र १९)।
  • ओभरटाइम: बेसिक तलबको घण्टा दर + कम्तीमा २५%। राति १० देखि बिहान ४ सम्म + कम्तीमा ५०% (सिफ्टमा काम गर्नेलाई यो लागू हुँदैन)।
  • बिदाको दिन काम: अर्को दिन सट्टा बिदा, वा त्यो दिनको तलब + कम्तीमा ५०%।
  • घण्टा दर: बेसिक ÷ ३० ÷ ८ (चलनचल्तीको तरिका)।
  • ग्र्याच्युटी: कम्तीमा १ वर्ष लगातार काम गरेपछि मात्र पाइन्छ। पहिलो ५ वर्ष हरेक वर्षको २१ दिनको बेसिक, त्यसपछि हरेक वर्षको ३० दिनको बेसिक। नपुगेको वर्षको पनि दामासाहीले पाइन्छ। कुल रकम २ वर्षको तलबभन्दा बढी हुँदैन (धारा ५१)।
  • राजीनामा दिए पनि: नयाँ कानुन (फेब्रुअरी २०२२ देखि) अनुसार राजीनामा दिँदा ग्र्याच्युटी घट्दैन।
  • बिना तलबको बिदा: सेवा अवधिबाट घटाइन्छ।

स्रोत: संघीय आदेश–कानुन नं. ३३/२०२१ (UAE Legislation) · MOHRE. त्रुटि भेटे news@khadinews.com मा जानकारी दिनुहोस्।