युएईबाट नेपाली समाज युएईमा आवद्ध संस्थाहरुले ५० लाख राहतकोष नेपालमा पठायो
–लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गत महिनाको २६ अगष्ट २०२६ बुधबारका दिन बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले टिमुरे, स्याफ्रु वेशी, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पु¥याएको थियो । प्राकृतिक बिपत्तीका कारण त्यहाका बातावरण अति नै दर्दनाक अवस्थामा पुगेका छन् । बिपत्तीमा परेकाहरुलाई देश तथा अन्तर्राष्ट्रिय स्तरबाट सबैजना उद्धार र राहत कार्यमा जुटेका छन् । संसारको कुनै ठाउंमा आपदा परेमा संसार भरिका सबै राष्ट्रहरु सक्दो मानवीय सहयोग र उद्धार कार्यमा हातेमालो गर्दै साथमा उभिएको पाईन्छ ।
युएईमा ३६ बर्ष इतिहास बोकेको सबैभन्दा पूरानो र जेठो नेपाली समाज युएईले आवद्ध ६८ वटा समाजसंग सहकार्य गर्दै राहत कोषको आवहन गरेपछि २४ वटा संस्थाहरु मिलेर युएईको ५८ हजार ७ सय ७७ दिराम नेपाली रु.२४ लाख ५३ हजार ९ सय ३९ रुपैयां दुबईस्थित नेपाली महाबाणिज्य दूतावासको हलमा सबै संस्थाहरुले संयुक्त रुपमा महामहिम महाबाणिज्यदूत हरिप्रसाद ओडारी ज्यूलाई हस्तान्तरण गरेको छ ।
जस्मा राहत संकलन गर्ने संस्थाहरुमा क्रमशः नेपाली समाज युएई, नेपाली अन्तर्राष्ट्रिय महिला समूह युएई, कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई, नेवाःपुजः युएई, श्रीबैष्णव परिषद् युएई, ताप्लेजुङ समाज सेवा युएई, त्रिशुली समाज युएई, पांचथर सेवा समाज युएई, महिला समाज युएई, म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई, दोलखाली समाज युएई, पाल्पाली समाज युएई, प्युठान स्वर्गद्धारी समाज युएई, सनातन गौं संरक्षण अभियान युएई, तामाङ समाज युएई, रोल्पाली सेवा समाज युएई, कास्की आदर्श समाज युएई, हिन्दू जागरण नेपाल युएई, चितवन समाज युएई, नारी शक्ति समाज युएई, लुम्बिनी प्रदेश सम्पर्क समिति युएई, कपिलवस्तु समाज सेवा परिषद् युएई, सुदूरपश्चिमेली नेपाली समाज युएई र अर्घाखांची सम्पर्क समिति युएई (भूमिकस्थान सम्पर्क समिति युएई, सितगंगा सम्पर्क समिति युएई र बलकोट सम्पर्क समिति युएई) रहेको छ ।
नेपाल सरकारको अनुरोध वमोजिम नेपाली समाज युएईमा आवद्ध संस्था तनहुं सेवा समाज युएई, गुल्मी सेवा समाज युएई, स्याङ्जा सहयोग समाज युएई, गोरखा सेवा समाज युएई, नुवाकोट सेवा समाज युएई, पर्वत समाज युएई, पाल्पाली समाज युएई, झापाली समाज युएई, नवलपुर सेवा समाज युएई, नवलपरासी सेवा समाज युएई, रुपन्देही सेवा समाज युएई, बिश्वकर्मा समाज युएई, वालिङ सेवा समाज (स्याङ्जा) युएई, देवदह सेवा समाज युएई, सैनामैना सेवा समाज युएई, गल्याङ्ग नगर समाज युएई, कालीगण्डकी सहयोग समाज स्याङ्जा युएई र नेपाली समाज युएईका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार शारदाप्रसाद भट्टराईद्धारा व्यक्तिगत रुपमा रु.१ लाख ७ हजार ९ सय ३५ रुपैयांसंगै संस्थागत जम्मा नेपाली रु.२५ लाख ४९ हजार ५ सय ९२ रुपैयां प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । जस्मा सम्पूर्ण समाजले सहयोग गरेको कुल रकम रु.५० लाख ३ हजार ५ सय ३१ रुपैयां भएको छ ।
राहत कोष संकलन गर्नका लागि नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानको संयोजकत्वमा १७ सदस्यीय उपसमिति बनाएको थियो । उपसमितिमा संयोजकमा राम मोक्तान र सचिवमा प्रकाश दत्त बडु रहनुभएको थियो भने सदस्यहरुमा नविन कार्की, लोकेन्द्र तामाङ, साजन श्रेष्ठ, नारायण अधिकारी, भगरथी कुमार भगत, शिवराज बस्ताकोटी, सुनिलराज श्रेष्ठ, लोकेश कोईराला, विजय अधिकारी, रोशन देव राई, संगीता अधिकारी, एकेन्द्र थापा, केदार कुंवर, कृष्णप्रसाद तिमिल्सिना र बेदप्रसाद अर्याल रहेका थिए ।
गएको १३ सेप्टेम्बर २०२६ आईतबारका दिन दुबईस्थित नेपाली महाबाणिज्य दूतावासको हलमा बाढीपीडित राहत कोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली महाबाणिज्य दूतावास दुबईका महामहिम महाबाणिज्यदूत हरिप्रसाद ओडारी रहनूभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले गर्नुभएको थियो । कार्यवाहक महासचिव प्रकाश दत्त बडुको कार्यक्रम संचालनसंगै समाजका पार्षद अध्यक्ष कमल गिरीको शुभकामना मन्तव्य रहेको थियो । नेपाली राष्ट्रिय गान लगत्तै बाढीमा ज्यान गुमाएका दिवंगत आत्माको शान्तिका लागि १ मिनेट मौन धारण राखिएको थियो ।