2026-10-08, बिहीबार
ताजा
मलेसियामा अक्टोबर ९ देखि मनसुन संक्रमण चरण: दिउँसो र साँझ मेघगर्जन, बाढी र रुख ढल्ने जोखिममलेसियाको जोहोरमा दुई कारखानामा अध्यागमनको छापा: ९ नेपाली महिलासहित १७७ विदेशी कामदार नियन्त्रणमाकुवेतमा दानको नाममा ठगी: परोपकारी परियोजनाको वेबसाइट र फोन नम्बर भाडामा लिई दान गरिएका सामान बजारमा बेचिए, ५ जना पक्राउकुवेतको फरवानियामा घरभित्र व्यापार गर्ने १५ प्रवासी पक्राउ, देश निकालाको प्रक्रिया सुरु: अवैध किराना र टेलरिङ पसल बन्दकतारमा जागिर फेर्न NOC चाहिँदैन, एक्जिट परमिट खारेज: श्रममन्त्रीले दोहा संवादमा सम्झाए कामदारका ५ अधिकारकतारका पीएचसीसी स्वास्थ्य केन्द्रमा सेप्टेम्बरमा ६ लाख २८ हजार भिजिट: फोनबाटै ४० हजारभन्दा बढीले लिए परामर्शसाउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रहसाउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनी
🇲🇾 मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

1 मिनेट

कात्तिक १, बैतडी | बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । 

बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए । 

पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो ।

Source: Sajhasabal.com

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ