2026-11-22, आइतबार
ताजा
युएई: जनवरीदेखि ट्रक र बस चालकले दिनमा ९ घण्टाभन्दा बढी चलाउन नपाउने, लोड नछोपे ३,००० दिरहम जरिवानावैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारी
🇳🇵 नेपाल

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ६५ वर्षीया तिमल्सिनाको घटनास्थलमै मृत्यु

1 मिनेट

सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए ।

घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए । दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको  डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

📄

विदेशमा अझ राम्रो काम चाहनुहुन्छ?

Way To Success बाट खाडीका कम्पनीले रुचाउने CV बनाउनुहोस्।

CV बनाउनुहोस् →

यो समाचार खाडीका सञ्चारमाध्यम तथा आधिकारिक स्रोतमा आधारित हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ