Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

सामाजिक सुरक्षा कोषले बेदेशमा हुने नेपालीलाई के दिन्छ । नयाँ युग कसको लागी ।

आज निकै तामझामका साथ सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसंगै यसको फाइदा बारे चौतर्फी बहश भएका छन् । यसै बिषयमा नेपालबाट विदेशमा रहेका लाखौँ नेपालीलाई यो कार्यक्रमले के फाइदा पुग्छ ? सिधा जवाफ छ – यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुनै सुविधा दिने छैन ।

यो कार्यक्रम लागु भएपछि नेपालमै श्रम गर्नेहरुले पेन्सन सहित बिभिन्न सुविधा पाउने भएका छन् भने यस सुविधाको कुनै फाइदा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पाउने छैनन् ।

देश रेमिट्यान्सले धानिएको भएपनि सरकारले घोषणा गरेको कार्यक्रमले विदेशमा रहेका ५० लाख भन्दा बढी नेपालीहरुलाई निराश बनाएको छ । त्यसो त आफ्नो देशमा रोजगारी पाउन नसकेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई सरकारले धेरै नीतिगत व्यवस्थाबाट पनि सुविधा दिन सकेको छैन । फ्री भिषा, फ्री टिकटको नीति छ तर कार्यान्वयन गर्न सकेको छैन । दिनानुदिन चर्को शुल्क तिरेर नेपालीहरु विदेश जान बाध्य छन् । त्यस्तै दैनिक बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर नेपालीहरु स्वदेश फर्कदा सरकारले ठगि गर्नेहरुलाई यथासिघ्र कारवाही गर्न नसकेको पिडितहरुको गुनाशो छ ।

सरकारले विदेशमा रहेकालाई समस्याबाट जोगाउन विदेश जाने कामदारसंग प्रति व्यक्ति २५ सयका दरले पैसा उठाउँदै आएको छ तर उक्त्त कोष पनि पारदर्शी नभएको गुनाशो सुनिन्छ । कोषमा भएको रकम मनपरी खर्च भएको आरोपहरु लाग्ने गरेको छ । केहि मात्रामा यो कोषको पैसा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका परिवार र अंगभंग भएका श्रमिकले पाएको भए पनि विदेशबाट फर्किएकाहरुको समृद्धिको लागि यो कोष प्रभावकारी बन्न नसकेको बताइन्छ ।

मुख्य कुरा सरकारले म्यानपावर कम्पनी र रोजगारदातालाई उनीहरुको जिम्मेवारी प्रति गम्भीर बनाइएको छैन । बैदेशिक रोजगारमा युवाहरुलाई चर्को शुल्क लगाएर ठगि भईरहदा सरकार मुकदर्शक बनेको छ । श्रम गरेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरु पछिल्लो समय ३ दिनसम्म श्रम कार्यालय ताहाचलमा दिन रात लाईनमा बसेर पनि श्रम स्वीकृति लिन सकीरहेका छैनन् ।

प्रस्तुत लेख हामीले साझासबाल.कम बाट लिएका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *