Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

कतारमा आज १६ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । ७ सय ३५ जना संक्रमित निको भएर फर्केका छन् ।कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाको जाँच गर्दा १६ सय ३७ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३५ हजार ६ सय ६ पुगेको छ ।बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ हजार ६ सय ३४ जना निको भएर घर फर्किएका छन् .

। आज मात्रै ७ सय ३५ जना संक्रमित निको भएर फर्केका हुन् । निको हुनेको संख्या आजको सबैभन्दा धेरै रहेको छ ।२९ हजार ९ सय ५७ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ६६ हजार १ सय ८२ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।कतारमा कोरोना संक्रमित मध्ये १ हजार ४ सय ५२ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा २ सय २१ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ६३ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा २४ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ ।

कतारमा कोरोना भाइरस संक्रमणका कारण १५ जनाको मृत्यु भईसकेको छ ।कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

-अनिल पराजुली, Team Qatar६ जेठ, कतार (19 May 2020)

Leave a Reply

Your email address will not be published. Required fields are marked *