Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

कतारमा एकैदिन थपिए ८४५ कोरोना संक्रमित

अनिल पराजुली, १८ बैशाख, कतार (30 April 2020)

कतारमा एकैदिनमा ८ सय ४५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।


कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कतारमा ८ सय ४५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १३ हजार ४ सय ९ पुगेको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ३ सय ७२ जना निको भएर घर फर्किएका छन् । आज मात्रै १ सय २९ जना संक्रमित निको भएर फर्केका हुन् ।


त्यस्तै हाल यहाँ १२ हजार २७ जना कोरोना संक्रमित बिरामीहरुलाईक्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ९४ हजार ५ सय जनाको कोरोना जाँच भएको छ । आज मात्रै ३ हजार ८५ जनाको कोरोना जाँच गरिएको थियो । त्यस्तै अहिलेसम्म कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


कोरोना संक्रमितको संख्या थपिदै गएपछि संक्रमित र आशंका गरिएकाविरामीहरुलाई राख्ने ठाउ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरुक्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्येधेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।


यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा भाइरसको स्थिती उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझैं बढ्ने कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सामाजिक र शारीरिक दूरी पनि कायम गर्न आग्रह गरिएको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *