Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

कुवेतमा आज पनि ३ नेपाली सहित २८४ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४०२४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ५१ र ५४ बर्षिय दुई भारतिय नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १५० जनाले स्वास्थ्य लाभ गरेका छन।


केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।


आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ४०२४ संक्रमित मध्ये ६६ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १५३९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *