बिभिन्न देशबाट अपडेटहरू

Uncategorized कुवेत मलेसिया यू.ए.ई

बिभिन्न देशहरूबाट हामीलाई कामलाग्ने जानकारीहरू: 

  • साउदी अरेबिया, यूएई, कतार, ओमन, कुवेतमा आज (24/04/2020) देखी रमदान सुरू हुँदैछ भने बहराईनमा भने 25/04/2020 देखी सुरु हुनेछ । रमादान सुरू भएको कारणले गर्दा केही देशमा लकडाउनका समयहरू पनि परीवर्तन भएका छन् । भने यूएई र कतार ले आफ्नो देशमा बिभिन्न जेलमा भएका कैदीहरूलाई रिहा गर्ने भएको छ । कतारमा रिहा हुनेमा १७ जना नेपाली छन् भने यूएईमा कुनदेशका कति भनेर छुट्याईएको छैन तर पुरै देशभरी बाट भने २००० भन्दा बढी कैदी रिहा हुँदैछन् ।  
  • साउदी अरबमा अब मे १० देखी लागूहुने गरी हरेक ग्रोसरी (बकाला) हरूमा पनि डिजिटल पेमेन्ट गरीने भएको छ । जसको कारण नोटको कारोबारमा कमि आउने  र भाईरस फैलिनमा कमी आउने साउदी सरकारको मान्यता छ । हामी श्रमिकले भने डिजिटल पेमेन्टको बारेमा सिक्नु जरूरी छ । 
  • मलेसियामा आवागमन नियन्त्रण आदेश(Movement control order) १२ मे सम्मको लागी बढाईएको छ यदी यसको पालना नगरेमा ठूलो मात्रामा जरीमाना र जेल सजाय छ केही दिन पहिले मलेसियाको एउटा वेयरहाउसमा फुटसल खेलिरहेका नेपाली श्रमिकलाई त्यहाँको प्रहरी ले पक्राउ गरेको थियो, हामीले आफ्नो सुरक्षाको लागी यो आवागमन नियन्त्रण आदेशको राम्रो सँग पालना गर्नु पर्ने हुन्छ ।  मलेसिया नेपालीहरूलाई अन्य मुलुकको तुलनामा कम संक्रमण देखीन्छ भने अहिले घट्दो क्रममा छ त्यस्तै यहाँ उपचार गराईरहेका भन्दा उपचार गरेर सन्चो हुनेको संख्या धेरै देकीन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *