Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

प्रधन मन्त्रीलाइ UAE बाट चिठी

सससम्मननिय प्रधानमन्त्री ज्यु , यो बिदेशि भुमि बाट बिस्व नै लकडाउन भएको अवस्था मा हजुर लाइ यो हाम्रो समस्या लेख्दै छु ,मलाइ आसा छ यो हजुर ले अवस्य पढ्नु हुनेछ किन कि मलाइ थाहा छ हजुर मात्र त्यस्तो प्रधानमन्त्री हो जस्ले भित्री साना तिना कुरा छोडेर देश लाइ बिकाश गर्नु पर्छ भनेर सपना देख्नु भएको थियो किन कि सपना नदेखि पुरा पनि त हुन्न होइन र प्रधानमन्त्री ज्यु त्यहा देखि नै हजुर हामि जस्तो धेरै को मनमा बस्नु भएको छ । हजुर ले रोजगारी पनि सिर्जना गर्नु भएको हो अहिले नेपाल मा परिवार पाल्ने रोजगार जत्ति पनि पाइन्छ तर हाम्रो समस्या भनेको हरेक कारण ले रिण धेरै भएर धेरै कमाउन बिदेश नै आउनु पर्ने बाध्यता आइ पर्यो र आज भन्दा ७ महिना अघि हामि यु ए इ को शार्झा भन्ने ठाउमा आयौ emirates cab भन्ने ट्याक्सि कम्पनि मा तर हामिलाइ खाना बस्न फ्री १५०० सेलरि भनिएको थियो यहा आउदा त्यस्तो केहि रहेनछन गाडि पाएको दिन देखि कम्पनिको रुम बाट पनि निकालियो हामिलाइ ,हामि काम गर्दै गयौ सेलरि आउदा १०८ दिराम आयो त्यो नेपाल मा भनेको १५०० छैन अब त्यति पैसा ले रुम भाडा ३०० अनि खाना को ३०० कसरि तिर्ने प्रधानमन्त्री ज्यु ,नेपाल बाट मगाउ रिन मात्र छ अनि बाध्य भएर नेपाल फर्किने प्रोसेस मा लागियो हामि ४० जना नेपालि ,तसिल अदालत हुदै एम्बेसि पनि २/३ पटक गयौ स्मरण रहोस प्रधानमन्त्री ज्यु यहा बाट नेपालि दुतावास जान ३०० दिराम त भाडा लाग्छ , दुतावास बाट एक पटक सर हरु आएर हाम्रो कम्पनिमा बार्ता भयो सबैलाइ नेपाल पठाउने सहमति पनि भयो यसै क्रममा हाम्रा १० जना सगै का साथि हरु नेपाल पनि जानु भयो अब अहिले हाम्रो भिसा क्यान्सिल हुने अवस्था मा छ लकडाउन ले सबै बन्द छ अनि रुम को भाडा तिर्न नसकेर बङालि ले रुम लक गरेको कारण धेरै रात पार्क मा सुतेर पनि बितायौ खाना को त कुरै नगरौ पानी मात्र खाएर पार्क मा धेरै रात बिते का छन ।

कम्पनि को क्याम मा बस्न जादा सेकुरिटि लगाएर लखेट्छ प्रधानमन्त्री ज्यु हामि के गर्ने अब ।NRN को सहयोग पायौ थोरै र रुम को भाडा तिरेर अहिले एउटा रुम मा 15 जना को दर ले बसेका छौ अब यो 20 तारिक्महिना पुग्दै छ त्यसपचि हामि बस्ने फेरि पार्क मा नै हो प्रधानमन्त्री ज्यु ।।। हामिलाइ उद्धार गरेर नेपाल लानुस हामि १४ होइन २० दिन क्वारेन्टाइन मा बस्न तयार छौ तर हाम्रो लाश लाइ मरुभुमि मा बेवारिसे नबनाइ दिनुस प्रधानमन्त्री ज्यु । हजुर को जस्तै बुडो बाबा आमा हामिलाइ पनि कुरेर बसेका छन ,छोरा छोरि बाबा को बाटो हेर्दै बसेका छन प्रधानमन्त्री ज्यु क्रीपया हामिलाइ यो नर्क बाट उद्धार गर्नुस फेसबुक मा धेरै सहयोग मागियो गुहार मागियो तर अपनत्व कोहि बाट मिलेन प्रधानमन्त्री ज्यु ।।आम मानिस अनि मिडिया तथा नेता हरु ले हाम्रो बारेमा जति सोचेका छन नि हाम्रो अवस्था त्यो भन्दा धेरै भयावह छ हामि कोरोना सग भन्दा पनि आफ्नो प्राण बचाउन को लागि शघर्स गरिरहेका छौ यो पराइ भुमि मा कहिले सास जान्छ भन्ने कुरेर बसेको अवस्था छ किन कि न खाने छ न बस्ने नै छ हरेक दिन कोरोना सन्क्रमित 300 plus बढि रहेको अवस्थामा हामि ३५ जना को अवस्था कस्तो होला बिना रुम बिना खाना कसैको कल्पना भन्दा बाहिर को कुरा हो यो । यो हाम्रो बारेमा दुतावास लाइ सबै थाहा छ शार्झा को इमिरेट्स क्याब को बारेमा तर वहा हरु राम्रा सुचना निर्देशन निकाल्नु हुन्छ सहयोग हुन्छ पिडित लाइ भन्नु हुन्छ तर कल गर्दा उठाउनु हुन्न , हामि महिनौ देखि यस्तो समस्या मा भएको सबै जानकारि दुतावास लाइ छ हामि धेरै पटक गयौ पनि तर किन यस्तो बेवास्ता कि कमिसन न पाउने काम चाहि गर्नु हुन्न र ?

कुनै पनि दुतावास को काम के हो के को लागि खोलिन्छन दुतावास कि झुट कागज पत्र बनाएर त्यस्बापत कमिसन खान को लागि मात्र खुलेको हो र कि पिडित को सेवा सहयोग को लागि खोलेको हो ? यदि त्यसो हो सहयोग को लागि खुलेको हो भने हामि भन्दा पिडित अरु को होला जस्को आएको दिन देखि काम छैन रुम छैन पैसा छैन खाना छैन ७ महिना देखि अब हामि कति बोल्ने के भन्ने सब्द नै छैनन माग्दा माग्दा भिखारि भै सकियो तर न कसैले केहि गर्छन न कसैले अब हामि के गर्ने कहा जाने ? हामि पहिलो पटक होइन बिदेश ,धेरै बर्स बिदेश बसियो पैसा पठाइयो धेर थोर राज्यलाइ सहयोग गरियो तर अहिले मेनपावर को झुट ले गर्दा यहा फसियो अब सहयोग को सग माग्ने हो हामिले ? हाम्रै कर बाट ४ अरब भ्रस्टचार गरेर खरिद गरेका वाइड बडि बिमान के पैसा को लागि मात्र उड्छन आकाश मा ? के हामिलाइ त्यो प्लेन ले आफ्नो देश लैजान मिल्दैन र सरकार ?

यु ए इ को आकाश मा हाम्रो चन्द्र शुर्य देख्दा गर्वले छाति फुलिन्थ्यो देश भक्ति जागेर आउथ्यो तर यहा देश भक्त होइन सबै नेता पैसा भक्त मात्र रहेछन पैसा भन्दा अरु केहि नदेख्ने ? माननिय ज्यु हरु तपाइ हरु जेल नेल भन्नु हुन्छ तर हरेक आन्दोलन तिमिहरुले मात्र सफल पारेका होइनौ त्यस्को पचाडि हामि पनि थियौ । २०१७ साल २०३६ मा आन्दोलन गर्दा तिमि हरु भन्दा अगाडि हिड्ने हाम्रा हजुरबुवा हरु हुनुहुन्थ्यो भने २०४६ साल को जन आन्दोलनमा हाम्रो बुवा हरु सडक मा ओर्लिनु भएको थिएन भने माननिय हरुको अवस्था अहिले शिहदरवार होइन नखु को चिसोमा हुन सक्थ्यो ,त्यसै गरि २०६३/२०६४ मा मानिनिय हरु को अगाडि हामि थियौ हामिले धेरै लाठि खाएका छौ

देशको हरेक ब्यवस्था परिवर्तन गर्न को लागि तर आज के आफ्ना सन्तान बिदेश मा भोक प्यास ले छटपटिदा भोकै ले मरुन भनेर हाम्रा हजुरबुवा हरु आन्दोलन मा होमिएका थिय होला र माननिय ज्यु , त्यसै गरि तिमि हरु देश लुट भनेर हामि ६२/६३ मा लाठि खादै आन्दोलन मा होमिएका थियौ र सरकार ? तिमिहरु को स्वार्थ पुरा गर्न अझै हामि जनता चाहिन्छ हिजो को सबै नभुल २ दिन पैसा लुट्दैमा ,समय कसैको बस मा हुन्न भोलि तिमि या तिम्रा सन्तान पनि गास बास बिहिन हुन सक्छन परदेश मा भगवान को त डर राख सरकार । भोको पेट अनि डर सरि को बसाइ अझ कोरोना को त्राश मन नदुखाउनु होला सत्य अनि यथार्थ यहि नै हो प्रधान मन्त्री ज्यु । रमेश बुढाथोकि इलाम हाल यु ए इ शार्झा तथा ३० जना पिडित नेपाली

UAE बाट रमेश।

rameshbudathoki53@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *