Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

घरेलु कामदारको पुनः श्रम स्विकृती दिने कुरा के हुँदैछ ?

घरेलु कामदारलाई पुनः श्रम स्विकृती दिनु भनि श्रम समितिले श्रम बिभागलाई भनेको पनि लगभग निकै दिन भै सक्यो तर अझै सम्म पनि यसको काम सुरु भैसकेको छैन ।

हामीले नेपाल सरकार को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर को टोल फ्रि नं: + १६६००१०९९९९ मा फोन गरेर सोधेका थियौँ घरेलु कामदारको श्रम सुरु भयो भनेर उहाँहरुले यसैको बारेमा यहाँ छलफल हुँदैछ यहाँले प्रशासनमा भोलानाथ गुरागाईंनिर्देशक(सूचना अधिकारी) सरलाई फोन गरेर बाँकी कुरा बुझ्न सक्नुहुनेछ भन्नु भयो । उहाँका अनुसार आजको दिन सम्म सुरु भएको छैन तर हामीले छिट्टै सुरु गर्दैछौँ ।

केही प्रश्न हामीले सोध्यौँ ।

प्रश्नः के भिजिटमा गएर काम गर्दैगरेका महिले पनि श्रम पाउँछन् ?

उत्तरः पासपोर्टमा श्रमको स्टिकर हुनु जरुरी छ ।

प्रश्नः त्यहाँ गएर काम चेन्ज गरेकाले पाउलान् त ?

उत्तरः पासपोर्टमा श्रम छ भने पाउँछन् ।

केही दिन पछी सुरु त होला तर पनि एउटा अन्यौल रहन सक्छ के के डकुमेन्ट चाहिन्छ त भनेर सबैभन्दा पहिलो कुरा नेपाल एम्बेसीको लेटर चाहिन्छ । नेपाल एम्बेसीको लेटरको लागी के चाहिन्छ भनेर नेपाल एम्बेसी आबुदाबी ले निकालेको एउटा सुचना यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ ।

Nepali House Maid required document for Nepal Embassy Abu Dhabi

यो भिडियो को सुचनाले यहाँलाई सहयोग पुगेको खन्डमा अरु साथीहरू सँग पनि सेयर गर्ने नबिर्सनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *