Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

हामी धनी देशका डम्पिङ साइट होइनौं भन्देेै ३३०० टन फोहोर फिर्ता गर्दै मलेसिया ।

मलेसियाले आफ्नो मुलुकमा जम्मा भएको प्लाष्टिक अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देश फिर्ता पठाउने भएको छ । 
मलेसिया धनी देशहरुको फोहोर फाल्ने ठाउँ नभएको भन्दै करिब ३३ सय टन बराबरको प्रयोग भइसकेको प्लाष्टिक फिर्ता पठाउन लागेको वातावरण मन्त्री येओ बि इनले बताएका छन् । 
गतसाल चीनले प्लाष्टिकजन्य वस्तु आयातमा प्रतिबन्ध लगाएपछि मलेसिया लगायतका मुलुकहरु पश्चिमा देशको प्राथमिकता थिए । यसअघि फिलिपिन्सले पनि क्यानडाबाट आफ्नो मुलुकमा ल्याइएको प्लासिटकजन्य वस्तुको फोहोर क्यानडा पठाउने बताइसकेको छ ।  
मलेसियामा अवैध रुपमा आइपुगेको ६० कन्टेनर प्लास्टिकजन्य फोहोर फिर्ता पठाउन तयार भएको मन्त्री येओले जानकारी दिएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *