Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

जसले मलेसियामा महिनामै पन्ध्र लाखभन्दा बढी कमाउँछन् ।

वैदेशिक रोजगार भन्नासाथ सबैको नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्। 

तिनैमध्येका एक हुन्, सुनसरी जिल्ला इटहरीका शम क्षेत्री।

जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन्। क्षेत्रीय परामर्शदाताको रूपमा कार्यरत क्षेत्रीले महिनामा रु १६ लाखभन्दा बढी कमाउँछन्। इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्छन् क्षेत्री । 

‘इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महिनामा तलब मात्र रु १५ लाख हुन्छ। यता उता गर्दा १८ देखिमाथि पुग्छ’,उनले भने।

चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्डमा गरेर ६२ वटा होटल छन्। क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्छन्। सुरूमा चेन होटल सेराटनमा सेवा गरेका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत छन्। नेपालमै उच्च शिक्षा लिएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे।

क्वालालम्पुरमा व्यवसाय गर्दै आएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्छन्। यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन्। भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाएका आचार्य बताउछन ।

काठमाडौंका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउँछन्। सुरूमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाएका उनको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उनीजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ। नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाएका उनी सुरूको जस्तो राम्रो व्यवसाय नचलेको बताउँछन्। 

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्छन्। हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ। काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहानले भने, ‘समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महिनाको एक लाख जति कमाइ गर्छन्।’ 

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली छन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनियरमा दिनेश पौडेल कार्यरत छन्। 

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन्। यहाँको फम कम्पनीमा पाण्डे अपरेटरको रूपमा काम गर्छन्।

कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन्। यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महिनामा रु दुई लाख पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ । 

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्छन्। काम राम्रो चलेका बेला महिनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ। कम्तीमा पनि दुई हजार हुन्छ। कम्पनीभित्र कुनै समस्या छैन। करिब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको सङ्ख्यामा कार्यरत छन्। नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ। विश्व पर्यटनको आकर्षणको रूपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२० मा तीन करोड पर्यटक पुर्‍याउने मलेसियाको लक्ष्य रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *