Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

यूएईद्वारा ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा

लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ‘गोल्डेन’ भिषा कार्यक्रम ल्याएको छ ।

स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिले यूएईको समृद्धिका लागि योगदान दिने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।

यूएईका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए कि ‘गोल्डेन कार्ड कार्यक्रम हामिले डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ हुनेलाई प्रदान गर्ने  प्रस्ताव गरिएको हो। हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अङ्ग हुनेछन् ।’

उक्त खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर मतलब ‘एक खर्ब दिराम’ बराबर लगानी गर्ने छ १०००-८०० लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो । यसअघि खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो ।

पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसङ्ख्या रहेको यहाँ उल्लेख्य सङ्ख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् ।

News Source : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *