Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

आजबाट युएईका सिनेमा हलहरुमा ‘छक्का पन्जा- ३’

नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’  आज, डिसेम्बर १३  तारिक देखि युएईका बिभिन्न ८ शहरका  फिलिम हलमा लाग्ने भएको छ ।

युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हल,  दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमा र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा  नेपाली चलचित्र ‘छक्का पञ्जा ३ प्रदर्शन हुनेछ   ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन  । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा २०१६ अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र बीर बिक्रम  नियमित प्रदर्शन सुरु गरेको थियो । 

देश बाहिर नेपालीको संख्या धेरै खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन ।

दीपाश्री निरौला निर्दे्शित फिलिम दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई  शिवहरि पौडैल, केदार घिमिरे ‘माग्नेबुढा, जितु नेपाल, बुद्दी तामाङ, लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३ ’सन्देश मुलक चलचित्र बनेको समीक्षको राम्रो प्रतिक्रिया पाएको छ ।  फिल्म नेपालको चलचित्र इतिहासमा सबै भन्दा धेरै पैसा कमाउने नेपाली चलचित्र बनेको हो । 

Source : Sajhasabal Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *