Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

युएईको जेलमा बढ्दो नेपालीको संख्या

संयुक्त अरब ईमिरेट्स (युएई) मा स्थानीय कानुन विपरीतका गतिविधिमा संलग्न भई जेल पर्ने नेपालीहरुको संख्या बढ्दै गएको पाईएको छ।

अबुधाबीस्थित नेपाली दूतावासले नियमित रुपमा गर्दै आएको जेल भ्रमणका पछिल्लो प्रतिवेदनहरुले यस्तो देखाएको हो।

विभिन्न मुद्दामा परि कैद भुक्तान गरिरहेका नेपालीहरुको मुद्दा र स्थितिको अध्यन गर्न अबुधाबि स्थित नेपाली दूतावासले नियमितरूपमा जेल भ्रमण गर्दै आएको छ। दूतावासले २०७४ असारमा युएईको सातवटा ईमिरेट्समा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो। त्यतिबेला जम्मा १०९ जनाले कैद भुक्तान गरिरहेको पाईएको थियो। ती मध्ये अधिकांश मदिरा सेवन गरि झैझगडामा संलग्न भएर जेल परेका थिए।   

कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलको नेतृत्वमा २०७५ बैशाखमा गरिएको जेल भ्रमणका बेला १२ जना महिला र १७३ जना पुरुष गरि जम्मा १८५ जना नेपालीले कैद भुक्तान गरिरहेको पाईएको थियो। त्यतिबेला पनि मदिरा सेवनगरि झैझगडामा संलग्न नेपालीहरुको संख्या अधिक रहेको पाईएको थियो।

दूतावासले गत सातादेखि पुनः जेल भ्रमण शुरु गरेको छ। यसपटकको जेल भ्रमणमा पनि युएईका सातवटा ईमिरेट्समा रहेका ८ जेलको भ्रमण गरेर नेपालीहरुको स्थिति बुझ्ने नेपाली दूतावास युएईकी द्वितीय सचिव विष्णुकुमारी अधिकारीले बताईन।

दूतावासको तर्फबाट यसपटकको जेल भ्रमणमा द्वितीय सचिव विष्णुकुमारी अधिकारी र जनसंपर्क अधिकृत ईरफान अलाम सहितको टोलि खटिएको छ। यो टोलिले गत साता सारजाह , दुबई र अबुधाबीको जेल भ्रमण ग¥यो। त्यसक्रममा जेल प्रसासनसंग नेपाली कैदीहरुको मुद्दाको अवस्थाका बारेमा समेत जानकारी लिएको अधिकारीले बता‌‍‍‌‍‌‌‌‌‌‌‍ए। जेल भ्रमणका क्रममा सारजाह जेलमा ९ , दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा ६८ र अबुधाबी स्थित अल वाथ्बा जेलमा १०६ नेपाली कैदि पाईएको अधिकारीले जानकारी दिए। उनले बाँकी रहेका ५ जेलहरुको पनि छिटै भ्रमण गर्ने बताए।

दुतावासले जेलमा रहेका नेपालीहरुको अवस्था र मुद्दाको स्थिति अध्यन गरि कुटनैतिक तवरबाट समस्या समाधानका पहल गर्न नियमितरूपमा जेल भ्रमण गर्दै आएको छ। २०७१ सालमा गरिएको जेल भ्रमणमा युएईको जेलमा ५७ जना नेपाली कैदि रहेको पाईएको थियो।

Source : Setopati Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *