Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

द भ्वाइस अफ नेपालको फिनाले भोलि कतारमा हुँदै

द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ।

भोलि डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने  र सोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् भने, अर्का आयोजक डिल्लीकला थपलीया ब्यवसायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् ।

फिनाले कार्यक्रकको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न संघसस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एंव एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए।

Source : Setopati Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *