Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

भारतका प्रख्यात गायक मिका सिंह यु.ए.ई. को अबुधाबी बाट पक्राउ

बलिउडका चर्चित गायक मिका सिंहलाई यु.ए.इ को अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् ।

ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले बताए अनुसार मिकालाई आइतवार अदालतमा पेस गरिनेछ । मीडिया रिपोर्टहरुको अनुसार मीकालाई दुबई पुलिसले हिरासत लिएको हो । उनलाई दुबईको मुरक्काबातको जेलमा राखिएको छ । मीका एक बलीवुड पर्फर्मेन्सको लागि दुबई गएका थिए ।

यो पनि स्मरण रहोस् कि मीकामाथि यस अघि पनि यस्तै आरोप लागेको थियो । २०१६ मा मुंबईकि एक मोडेलले मीकाबिरुद्ध यौन हिंशाको आरोप लगाएकि थिइन् । जवाफमा मीकाले ति युवतीलाई जबर्जस्ति अशुलीको आरोप लगाएका थिए । त्यस्तै दिल्लीमा एक कार्यक्रमको क्रममा एक डाक्टरमाथि हातपात गरेको कारण मिका पक्राउ परेका थिए ।

त्यस अघि पनि मीकालाई मुंबई हवाईअड्डाबाट अनुमति भन्दा बढी भारतीय र विदेशी पैसा लागेको मुद्धामा गिरफ्तार गरिएको थियो ।

त्यस्तै २००६ मा अभिनेत्री राखी सावंतले मीका माथि उनको जन्मदिनमा जबर्जस्ति किस गरेको आरोप लगाएकी थिइन् ।

Source : SajhaSabal Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *